Paschim Express
कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवक अझै भेटिएनन्, खोजी कार्य जारी

धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेपछि बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ ।

आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । आवश्यक परे गोताखोर परिचालन गर्ने प्रहरीको तयारी छ । 

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीका अनुसार सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिडिरहेका युवाको उक्त समूहलाई प्रहरीले कर्णाली पुल वारि नै रोक्न खोजेको थियो , तर सामूहिक रूपमा तस्बिर खिच्ने भन्दै उनीहरू अघि बढेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update