Paschim Express
जनक शिक्षा सुदूरपश्चिमले सुरु गर्‍यो पाठ्यपुस्तक वितरण

कैलाली । जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा शैक्षिक सामग्री बिक्री वितरण सुरु गरेको छ । मंगलबारदेखि सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिमका ९ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु गरेको हो ।

शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १९ लाख १५ हजार १८५ थान पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको प्रादेशिक कार्यालय धनगढी प्रमुख रामबहादुर कुँवरले बताए । 

जुन चालू शैक्षिक सत्र २०८० को भन्दा पौने दुई लाखले बढी रहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए । चालु शैक्षिक सत्रमा जनक शिक्षाले सुदूरपश्चिममा १७ लाख ४१ हजार पाठ्य पुस्तक वितरण गरेको हो ।

जनक शिक्षाले समयमै विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने बताएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update