Paschim Express
कर्णालीमा हाम फालेका ६ जना प्रहरीको नियन्त्रणमा

धनगढी । कर्णाली पुलबाट नदीमा हाम फालेका ६ जना पक्राउ परेका छन् । सोमबार होलीमा रमाइलो गर्दै कर्णाली पुलमा पुगेका १७ जना युवाले एकसाथ कर्णाली नदीमा हाम फालेका थिए । 

उनीहरु मध्ये १६ जना पौडी खेलेर सकुशल तैरिए पनि एकजना भने  नदीमै बेपत्ता भएका थिए । नदीमा हाम फालेका मध्येका ६ जनालाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । उनीहरुलाई सोधपुछपछि परिवारको जिम्मा लगाइने छ ।

यस्तै कर्णाली नदीमा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको मंगलबार दिनभर खोजी गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरे पनि उनी भेटिएका छैनन् । 

साँझ परेका कारण मंगलबार(आज) लाई खोजी कार्य स्थगीत गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए । भोलि बिहानैदेखि पुनः खोजी गरिने छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update