Paschim Express
सम्पर्कमा आइन् धनगढीका मेयरकी छोरी

काठमाडाैं । भारतको गोवामा सम्पर्कविहिन भएकी आरती हमाल सकुशल फेला परेकी छिन् । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती सोमबारदेखि सम्पर्कविहिन भएकी थिइन् ।

उनको खोजीका लागि बहिनी आर्जु र ज्वाईँ गोवा पुगेकोमा आरती सकुशल फेला परेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी गोवामै एक विदेशी किशोरीसँग भेटिएको बताइएकाे छ ।

ओशोको साधक रहेकी आरती केही महिनादेखि भारतको गोवामा बस्दै आएकी थिइन् । तर अस्ति उनी जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहिन भएको भन्दै हमालले जानकारी दिएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update