Paschim Express
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

डडेल्धुरा । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउसो २ पटक भुकम्पनको धक्का महसुस गरिएको हो । 

भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार आज दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

यस्तै ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update