Paschim Express
आरजु देउवाले दिल्लीमा गराइन् शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु देउवाको शल्यक्रिया भएको छ । हिजो बुधबार भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पताल, सकेटमा उनको हाइपरथाइरोडिजम(घाँटीमा रहेकाे थाइरोइड ग्रंथी) को शल्यक्रिया भएको सचिवालयले जनाएको छ ।

आरजु विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाह अनुसार भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आएकी थिइन् । हाल उनको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय अस्पतालमै रहने सचिवाललयले जानएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update