Paschim Express
कर्णालीमा हामफालेर बेपत्ता भएका शाहीको शव भेटियो

कैलाली । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए ।

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज (बिहीवार) टीकापुरको सन्कट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमबार दिउँसो युवाहरूले कर्णाली नदीमा हाम फालेका थिए । १७ जनाले हामफालेकोमा शाही बेपत्ता भएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update