Paschim Express
डोटीको सेती नदीमा डुबेर एक जनाको मृत्यु

डोटी । डोटीको सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दीपायल–सिलगढी नगरपालिका– १ तिहा कहरेकुडाका १८ वर्षीय महेश खड्काको नदीमा डुबेर मृत्यु भएको हो ।

सेती नदीमा नुहाउन गएका उनी शुक्रवार दिउँसो डुबेका हुन् । उनी जिल्लाको दीपायल–सिलगढी नगरपालिका–३ बासुधारास्थित सेती नदीमा डुबेका प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update