Paschim Express
सुदूरपश्चिममा फेरि गयो भूकम्प, अहिले ६.३ रेक्टर

काठमाडौं । सुदूरपश्चिममा आज(मंगलबार) दोस्रोपटक भूकम्प गएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो ।

केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । 

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update