Paschim Express
डडेल्धुराको आलितालले जित्यो कैलाली प्रिमियर लिगको उपाधि

डडेल्धुरा । धनगढीमा सम्पन्न दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको छ ।

आज भएको फाइनल खेलमा परशुराम नगरपालिकालाई १ विकेटले पराजित गर्दै आलितालले उपाधि जितेको हो । १०८ रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको आलितालले १८ ओभर १ बलमा ९ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । 

उपाधिसंगै आलितालले दुई लाख र उपविजेता बनेको परशुरामले एक लाख पुररस्कार पाएका छन् । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि सुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update