Paschim Express
डडेल्धुरामा चरेशसहित एकजना पक्राउ, बिक्री गर्ने अर्का पुरुष कैलालीबाट नियन्त्रणमा 

डडेल्धुरा । लागूऔषध चरेश खरिद गर्ने र बिक्री गर्ने पक्रउा परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–४ तल्लो खलंगाका ४३ वर्षीय कमल गुरुङ रबझाङको बित्थडचिर गाउँपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय गमीलाल बोहरा रहेका छन् । 

शुक्रबार दिउँसो साढे १ बजे अमरगढी नगरपालिका–२ चालिसे मोड नजिकबाट गुरुङलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङसँग सोधपुछ गर्दा बोहराबाट खरिद गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

बिक्री गर्ने बोहरालाई पनि इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको सहयोगमा गोदावरी बजारबाट पक्राउ गरिएको छ । 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update