Paschim Express
बझाङमा चिट चोर्ने छात्रा र चोराउने निरीक्षकलाई कारबाही

बझाङ । बझाङमा माध्यमिक शिक्षा परीक्षा(एसईई)मा चिट चोर्ने छात्रा र चोराउने निरीक्षकलाई कारबाही गरिएको छ । जिल्लाको छबीस पाथिभेरा–३ स्थित बान्निचौर माविमा एक छात्रा र निरीक्षक सितल पुजारालाई परीक्षा हलबाट निष्काशन गरिएको हो ।

परिक्षा सुरु भएको १५ मिनेटमै चिट चोराएको भन्दै निरीक्षकलाई निष्कासन गरिएको केन्द्राध्यक्ष नवराज भट्टले बताएका छन् । कोठा नम्बर २ मा खटिएका निरीक्षक पुजाराले छात्रालाई चिट चोराएको भन्दै दुवैजनालाई परीक्षाहलबाट निकालिएको भट्टले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update