Paschim Express
दार्चुलाबाट प्रसूति व्यथा लागेकी महिलाको उद्धार

दार्चुला । दार्चुलाबाट प्रसूति व्यथा लागेकी महिलाको उद्धार गरिएको छ । रक्तस्राव भएपछि आइतवार बिहान लेकम गाउँपालिका–३ लालीकी ३६ वर्षीया हरिनादेवी जोशीको उद्धार गरिएको हो । दार्चुला प्रहरीका अनुसार जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारको लागी सुर्खेत लगिएको हो ।

गत राति १२ बजेबाट लाली स्वास्थ्य चौकीमा पु¥याइएकी जोशीलाई रक्तस्राव (ब्लडिङ) को समस्या देखिएपछि गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको हो ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update