Paschim Express
नेविसंघ डडेल्धुराका अध्यक्ष ऐरले जन्मदिनमा गरे शैक्षिक सामग्री वितरण

डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले शैक्षिक सामग्री वितरण गरेका छन् ।

ऐरले आफ्नो जन्मदिनको अवसरमा अमरगढी नगरपालिका वडा नम्बर ३ लरडा, कोटेउडामा रहेको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

उनले कापी, कलम, सेल्पेन लगायतका सामग्री विद्यालयका प्रधानाध्यापक दीपक भण्डारीलाई हस्तान्तरण गरेका हुन् । ऐरले जन्मदिनको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update