Paschim Express
भूकम्पले बझाङ र डोटीमा क्षति

डडेल्धुरा । बझाङ केन्द्रविन्दु भएर भूकम्पले दर्जनौं घर र विद्यालय भवनमा क्षति पुगाएको छ । मंगलबार दिउँसो दुई पटक गएको भूकम्पले बझाङका केही घर र विद्यालय भत्काएको हो ।

जिल्लाको बाल विकास मावि गोलाईको भवन भत्काएको छ । पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षति हुन नपाएको विद्यालयले जनाएको छ । यसबाहेक जिल्लाका विभिन्न विद्यालयका भवनमा क्षति पुगाएको छ । 

यस्तै भूकम्पले सुख्खा पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । भूकम्प मापन केन्द्रका अनुसार पहिलो पटक महसुस भएको भूकम्पको तीव्रता ५.३ र त्यसपछि ६.३ म्याग्निच्युड रहेको थियो । भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरा गाँउस्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update