Paschim Express
नागरिक उन्मुक्तिको कार्यालयमा कुटपिट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूबीच कुटपिट भएको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार केन्द्रीय कमिटी बैठकअघि हात हालाहाल भएको हो ।

टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले रेशम चौधरीको उपस्थितिमा आफूमाथि आक्रमण गरिएको बताए । 
नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ । यस्तै, निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन् ।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ । रन्जीता केन्द्रीय गठबन्धनको पक्षमा छिन् । रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यका पक्षमा छन् ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update