Paschim Express
रोहित शर्मा आउट भएपछि खुशीयाली मनाउने हैदराबादका समर्थकको हत्या

एजेन्सी ।आईपीएलको एक खेलका क्रममा खुसीयाली मनाउने क्रममा विपक्षी टोलीका समर्थकले एक ६३ वर्षीय व्यक्तिको हत्या गरेका छन् । यो घटना सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिचको खेलका क्रममा भएको थियो ।

मार्च २७ तारिख सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच खेल चलिरहेको बेला रोहित शर्मा आउट भएपछि खुशीयाली मनाउने विपक्षी टोलीका  समर्थक बांडुपंत टिबिको हत्या भएको थियाे ।  घटना भारतको कोहलपुरस्थित हनमंतवाडी क्षेत्रको हो ।

मुम्बईका समर्थक बलवंत झांझगे र सागर झांझगेले बांदुपंतको टाउकोमा लाठी र ढुङ्गाले पटक–पटक हिर्काएर हत्या गरेका हुन् ।

पहिले ब्याटिङ गरेको हैदराबादले उच्च रन बनाएपछि त्यहाँ म्याच हेरिरहेका मुम्बईका समर्थकहरू आक्रोशित देखिएका थिए । सोही बेला ब्याटिङ गर्न आएका रोहित पनि आउट भएपछि बलवंतले खुशीयाली मनाउँदा कुटपिट भएकाे हो ।

खेल हेरिरहेका अन्य व्यक्तिले छुट्टाएर बांदुपंतलाई अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको दोषी बलवंत र सागरलाई प्रहरीले हिरासतमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update