Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

काठमाडाैं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार विश्वाको मत लिने भएका छन् । विश्वासको मतका लागि संसद बोलाई दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सभामुखलाई आज पत्र पठाएको छ ।

‘बिहीबार विश्वासको मत लिने भनेर मुख्यमन्त्री ज्युको पत्र आएको छ । बिहीबारर संसद बोलाउने तयारी भइरहेको छ’ सभामुख भीम बहादुर भण्डारीले भने ।

२३ गते माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । अहिले कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नाउपाका ७, नेकपा एसका ४ साथै स्वतन्त्र र राप्रपाका १/१ जना संसद छन् ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा उनलाई बहुमतका लागि २७ प्रदेश सभा सदस्यको संख्या पुग्नुपर्छ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update