Paschim Express
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्ति घाइते

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर श्रीमान् श्रीमती घाइते भएका छन्।

जिल्लाको बेलडाँडीबाट महेन्द्रनगर जाने क्रममा बेलडाँडी–दैजी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा हुँदा मानबहादुर चन्द र उनकी पत्नी निलम भट्ट घाइते भएका छन् ।

चन्द नेपाल  निजामती कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष हुन भने भट्ट स्वास्थ्यकर्मी हुन् । दुवै जनाको अहिले उपचार भइरहेको छ । दुवै जनाको हात र खुट्टमा चोट लागेको छ । दुवैजनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update