Paschim Express
बैतडीको ग्वाल्लेकमा हिमाली घोरल देखियो

बैतडी  . बैतडीको ग्वाल्लेक संरक्षित वन क्षेत्र नजिकै पहिलो पटक हिमाली घोरल देखा परेको छ । ग्वाल्लेक संरक्षित वन क्षेत्र नजिकै रहेको मेलौली नगरपालिका- ४ तिताबैको बाँस गोद्याओढारको जंगलमा हिमाली घोरल देखिएको हो । 

हिमाली घोरल प्रायःजसो हिमाली क्षेत्रमा पाइने भएपनि कतैबाट छुट्टिएर आएको हुनसक्ने डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताए । बच्चासहितको हिमाली घोरल ग्वाल्लेक संरक्षित वन क्षेत्र नजिकै देखिएको यादवले बताए । ग्वाल्लेक संरक्षित वन क्षेत्रमा १६ प्रकारका स्तनधारी प्रजाति पाइने भएपनि हिमाली घोरल पहिलो पटक देखा परेको उनले बताए । 

हिमाली घोरलको देखेपछि स्थानीयहरुले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हालेका थिए । त्यसपछि डिभिजन वन कार्यालयका तर्फबाट उक्त क्षेत्रमा टोली पठाएको डिभिजन वन प्रमुख यावदले जानकारी दिए । 

 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update