Paschim Express
डडेल्धुराको परशुराममा हुने भयो १९ वर्षमुनिको सुदूरपश्चिमस्तरीय क्रिकेट प्रतियोगीता

डडेल्धुरा । डडेल्धुराको परशुराममा १९ वर्षमुनिको सुदूरपश्चिमस्तरीय क्रिकेट प्रतियोगीता हुने भएको छ । परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले प्रतियोगिता हुने जानकारी दिएका हुन् । प्रतियोगिताकि मिति भने तय भएको छैन ।

उनका अनुसार नेपाल क्रिकेट संघ क्यानसंगको सहकार्यमा परशुराम रंग मैदानमा १९ वर्षमुनिको सुदूरपश्चिमस्तरीय क्रिकेट प्रतियोगीता सञ्चालन हुने भएको हो ।

व्यवस्थित खेल मैदान तथा पिच निर्माणका लागि क्यानले सहयोग मेयर जोशीले बताए । `मैदानमा दुई वटा पिच, साइड स्क्रीन, बाउन्ड्री रोप, स्कोर बोर्ड लगायतका अन्य आवश्यक विषयमा काम हुनेछ,´ उनले भने ।

पछिल्लोसमय परशुराम नगरपालिकामा क्रिकेटका गतिविधि बढ्दै गएका छन् । अघिल्लो साता सम्पन्न कैलाली प्रिमियर लिगमा परशुरामका खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनले पनि थप हौसला तथा जोस जाँगर प्राप्त भएको मेयर जोशीले बताए । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update