Paschim Express
सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडाैं । नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ पुगेको छ । मंगलबार सामान्य घटेको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ३५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एक लाख ३० हजार ५५० रुपैयाँ थियो । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहेकाले त्यसको असर नेपालमा पनि परेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला एक हजार ५४५ मा कारोबार भएको चाँदी बुधबार एक हजार ६१० रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update