Paschim Express
बैतडीमा खुल्दैछ सिमेन्ट उद्योग

काठमाडाैं ।  बैतडीमा प्रदेश सरकारकै अध्ययनले नेपालकै राम्रो चुनढुंगा रहेको निष्कर्ष दिएको थियो । साेही अनुरूप आईएमई समूहले बैतडीमा सिमेन्ट उद्योग खोल्ने भएको छ । समूहले विदेशी लगानीसहित ठूलो परिणाममा सिमेन्ट उत्पादन गरेर भारततर्फ निर्यात गर्ने योजनाका साथ उद्योग स्थापना गर्न लागेको हो ।

अहिले भारततर्फ निर्यातको धेरै सम्भावना देखिएकोले बैतडीमा सिमेन्ट उद्योग स्थापना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका समूहका अध्यक्ष चन्द्रप्रशाद ढकालले बताए । समूहले झुलाघाटबाट ३५ किलोमिटर पश्चिममा रहेको खानीमा भर पर्नेगरी सिमेन्ट उद्योग स्थापना गर्न लागेको हो ।

बैतडीमा उत्पादन गरिने सिमेन्टको खानीमा अनुमानित २ करोड ४० लाख ५८ हजार ५ सय ६० टन चुनढुंगा रहेको छ । विदेशी लगानी भित्र्याउने योजनामा रहको समूहले २० देखि २५ अर्ब रुपैयाँ लगानीमा उद्योग खोल्न लागेको हो ।

२०७७ सालमा सुदूरपश्चिम प्रदेश सरकारले सिमेन्ट उद्योगको सम्भावना अध्ययन गराएको थियो । बैतडीमा उत्पादन भएको सिमेन्ट नेपाली बजारमा मात्रै नभएर नजिकै रहेका धार्चुला र झुलाघाट नाकाबाट भारत पठाउन सकिने भएकाले राम्रो बजार पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update