Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा

कैलाली ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएका छन् । विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मियाँलाई राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले उनी अल्पमतमा थिए । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट ३० दिन भित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् । सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update