Paschim Express
गायक रवि ओडविरुद्ध  बलात्कारको मुद्दा

काठमाडौं । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले बलात्कारको जाहेरी दिएकी छिन् ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत पत्नीले केही दिन अगाडि जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए ।

ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update