Paschim Express
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा ट्याक्टर चालक कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका ३० वर्षीय राजेश चाैधरी र बैतडीकाे पाटन नगरपालिका १० पनालीका ५० वर्षीय मानबहादुर बिष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए । उनीहरू दुवैजनाकाे घटनास्थलमै मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेकाे छ । दुर्घटनाको कारण खुल्न नसकेेकाे र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update