Paschim Express
डडेल्धुराका अनुपजंग थापा अभिनित ‘दिल रोएको बेला’लाई लाखौं भ्यूज

डडेल्धुरा । निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा शिल्पा पोखरेल  र अनुपजंग थापा 'विचित्र'को अभिनय रहेको निकै सुन्दर म्युजिक भिडियो ‘दिल रोएको बेला’लाई दर्शकको अत्यधिक माया पाइदैछ । 

डडेल्धुराको अमरगढी नगरपालिका–४ घर भएका थापा अभिनित उक्त भिडियालाई यो समाचार तयार पार्दासम्म यूट्युबमा ५ लाख ७९ हजारपटकभन्दा बढी पटक हेरिएको छ । 

संगीतकार लक्ष्मण पोखरेलको संगीत तथा गायक स्वरूपराज आचार्य र अन्जु पन्तको स्वरमा सजिएको गीत नारायण रेग्मीले लेखेका हुन् । 

ओएसआर डिजिटलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ, किशोर थापाको मिक्सिङ र मास्टरिङ्ग रहेको छ । मुकेश हुमागाईंको छायाङ्कन, राहुल बराइली कोरियोग्राफर, विनोद वमको सम्पादन र कलर तथा सरगम गाहाको मेकअप रहेको छ ।

लामो समयदेखि जर्मनी बसेर आएका अनुपजंग नेपाली कला क्षेत्रका लागि एउटा आशालाग्दो अनुहार हुन् । मोडल अनुपजंगको पहलमा स्थापना भएको अविदित फाउन्डेशनमार्फत उनले नेपाली गीत/संगीतका साथै सामाजिक कार्यमा पनि उत्तिकै कार्यहरू गरिरहेका छन् ।

गीतबाट आएको आम्दानीलाई उनले उक्त फाउन्डेसनमार्फत सामाजिक कार्यमा लगाउँदै आएका छन् । दिल रोएको बेला गीतबाट आएको आम्दानीलाई पनि अनुपजंगले सामाजिक कार्यमा लगाउने बताएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update