Paschim Express
सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनकाे दाबी पेश गर्न आह्वान गरेका हुन् । उनले दलहरूलाई ९ दिनको समय दिएका छन् ।

दलहरूले वैशाख २ बेलुकी ५ बजेभित्र दाबी पेश गर्नुपर्नेछ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आव्हान गरिएको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ । तर सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ । 

सङ्घीय सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादीसँग (समामुखबाहेक) १०, १० जना र एकीकृत समाजवादीसँग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन् । 

प्रदेश सभामा नेपाली काँग्रेसका १८, राप्रपा र स्वतन्त्रका १, १ जना प्रदेश सभा सदस्य छन् ।

No description available.

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update