Paschim Express
अमरगढीमा निःशुल्क मुटुरोग परीक्षण शिविर, ५७० जनाले लिए सेवा

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा निःशुल्क विशेषज्ञ मुटुरोग परीक्षण शिविर सम्पन्न भएको छ ।

शनिबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोग र अमरगढी नगरपालिकाको आयोजनामा एकदिने मुटु परीक्षण शिविर सम्पन्न भएको हो ।

अमरगढी नगरपालिका–५ खलंगास्थित महेन्द्र माविमा सञ्चालन भएको शिविरमा ५ सय ७० जनाले सेवा लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर ऐरले जानकारी दिए ।

उनका अनुसार ३ सय ७० जनाले निःशुल्क मुटुको भिडिओ एक्सरे (इको) र २ सय जनाले निःशुल्क इसिजी सेवा लिएका छन् । शिविरमा आएका मुटुसम्बन्धी रोग भएका ७ जनालाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र रेफर गरिएको जनस्वास्थ्य निरीक्षक ऐरले बताए ।

डडेल्धुरा अस्पताल, महेन्द्र मावि र नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि शिविरका लागि सहयोग गरेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update