Paschim Express
डडेल्धुरामा वनमा लागेको डढेलो बस्तीमा पुगेपछि...

डडेल्धुरा । डडेल्धुरामा वनबाट सल्किएको डढेलो मानव बस्तीमा पुगेकाे छ ।  जिल्लाको परशुराम नगरपालिका–११ सल्लेरी सामुदायिक वनमा लागेको आगो ललित देवकोटाको गोठमा सल्किएको हो ।

उनको गोठमा लागेको आगोका कारण एक गाइको बाच्छो मरेको छ । तीन वटा गाई जलेर घाइते भएका छन् ।

देवकोटाका घरमा रहेको लत्ता–कपडा, खाद्यान्न लगायतका सामान जलेका छन् । प्रहरीका अनुसार मानवीय क्षति भएको छैन । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आएको छैन ।

स्थानीय र प्रहरीले आगाे नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update