Paschim Express
बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जना बेपत्ता

बझाङ। बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जना बेपत्ता भएकी छिन् ।

जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जना बेपत्ता भएकी हुन् । बेपत्ता हुनेमा करिब ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको जनाइएको छ । यसअघि समाचारमा बेपत्ता हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ - सम्पादक 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update