Paschim Express
डडेल्धुरामा सालको रुख कटाउने  खडायत पक्राउ

डडेल्धुरा । डडेल्धुराका एक फरार दोषी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्शुराम नगरपालिका ११ पातल बस्ने ४२ वर्षीय नरबहादुर खडायत रहेका छन्।

उनलाई जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना ईजाजत साल जातका रुख काटे कटाएको मुद्दामा २ महिना कैद सजाय र १० लाख ३६ हजार २६७ जरिवाना सुनाएको थियो ।

उनी उक्त फैसला लगतै फरार थिए । प्रहरीले फरार खडायतलाई आईतवार पक्राउ गरेकोे जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update