Paschim Express
आज ५४ वर्षपछि दुर्लभ सूर्य ग्रहण लाग्दै

काठमाडाैं ।  आज दुर्लभ सूर्य ग्रहण लाग्दैछ। चैत्र मास अमावस्याका दिन लाग्ने यो सूर्य ग्रहण ५४ वर्षपछि लाग्ने दुर्लभ सूर्य ग्रहण हो ।

खगोलविद्हरूका अनुसार यो ५४ वर्षयताकै सबैभन्दा लामो सूर्य ग्रहण हुनेछ । यसको अवधि ५ घण्टा १० मिनेटको हुनेछ।

ज्योतिषशास्त्र अनुसार यो सूर्य ग्रहण विशेष हो। यो सूर्य ग्रहण सोमवार राति ८ बजेर ५७ मिनेट जाँदा शुरू भएर मंगलबार बिहान २ बजेर ७ मिनेटसम्म लाग्नेछ।

यो सूर्य ग्रहण अमेरिका, मेक्सिको र क्यानडाबाट देख्न सकिने नासाले जनाएको छ । अमेरिकाका टेक्सास, ओहियो, न्युयोर्कलगायत १३ ठाउँबाट देख्न सकिने छ ।

यो सूर्य ग्रहण मीन राशि र रेवती नक्षत्रमा लाग्न गइरहेको छ ।

यो सूर्य ग्रहण सुतक कालमा लागेकाले भारतबाट हेर्न नमिल्ने त्यहाँको सञ्चारमाध्यम आजतकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update