Paschim Express
कैलालीमा सँगै मृत फेला परे दिदीबहिनी

कैलाली । कैलालीमा दिदीबहिनी एकैदिन मृत अवस्थामा फेला परेकी छन् । मंगलबार बिहान  जिल्लाको घोडाघोडी नगरपालिका-१० थेवरस्थित कलेशु चौधरीका २ छोरी मृत फेला परेकी हुन् ।

मृत फेला पर्नेमा उनकी छोरीहरू वर्ष २७ की श्रीमालु चौधरी र वर्ष २२ की ईन्द्रा चौधरी रहेकाे प्रहरीले जनाएकाे छ । 

दुवैजना घरको दोस्रो तलाको आफ्नै सुत्ने कोठाको बल्लीमा दोपट्टाको पाँसोमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले  जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update