Paschim Express
नैनीतालबाट महेन्द्रनगर आइरहेको पिकअप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडाैं- भारतको उत्तराखण्ड राज्यको नैनीताल जिल्लामा भयानक सडक दुर्घटना भएको छ । जिल्लाको बेतालघाट विकास खण्डको उन्चाकोट क्षेत्रमा सोमबार राति २ सय मिटर गहिरो खाल्डोमा पिकअप भ्यान खसेको हो ।

उक्त दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार नेपाली मजदुरकाे पनि मृत्यु भएकाे छ । उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेको थियो । मृतक नेपालीहरू कञ्चनपुरको महेन्द्रनगर गइरहेकाे रहेको टाइम्स अफ इण्डियाले समाचारमा उल्लेख गरेको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा ५० वर्षका विश्राम चौधरी,४० वर्षका अनन्तराम चौधरी, ४५ वर्षका धीरज चौधरी, ३८ वर्षका विनोद चौधरी, ४५ वर्षका तिलक चौधरी, ५५ वर्षका उदयराम चौधरी, ५५ वर्षका गोपाल र ६० वर्षका गोपाल रहेका छन् । यस्तै चालक ओडा बास्कोट, गाउँ (नैनीताल) बस्ने हरिशरामका छोरा ३८ वर्षीय राजेन्द्रकुमारकाे पनि मृत्यु भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै दुर्घटनामा शान्ति चौधरी, छोटु चौधरी र प्रेमबहादुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  घाइतेहरुलाई उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्र बेतालघाट पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update