Paschim Express
यूएईमा मलको भवनबाट खसेर नेपाली महिलाको मृत्यु, कैलाली घर भएका श्रीमान् फरार

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यू्एई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीकी राधा न्यौपानेको रहेकाे बताइएकाे छ ।

कैलाली घर भएका श्रीमान् नेत्र प्रसाद न्यौपानेसँग बस्दै आएकी उनकाे अजमानस्थित चाइना मलको भवनबाट खसेर मृत्यु भएको बताइएको छ ।

नेत्रले राधासँग दोस्रो बिहे गरेको र पहिलो बिहे उनले गुपचुप राखेको थापा पाएपछि मदिरा पिएको बेला उनीहरुबीच विवाद भएको बताइएको छ । विवादकै क्रममा नेत्रले धकेल्दा यो घटना भएको प्रत्यक्षदर्शीलाई उदृद्ध गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

उनको शव स्थानीय अस्पतालमा राखिएको छ भने घटनापछि  न्यौपाने फरार भएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update