Paschim Express
काठमाडौंमा राप्रपाको जनप्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  काठमाडौंमा जनप्रदर्शन सुरु गरेकाे छ।  प्रदर्शनका सहभागीहरू भृकुटीमण्डपमा भेला हुने, शहरका विभिन्न ठाउँ परिक्रमा गर्ने र सभा गर्ने कार्यसूची छ । सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

राप्रपाले  गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएकाे थियाे ।   अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने माग राप्रपाले राखेको हाे ।

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था गर्नुपर्ने, कार्यकारी पदहरूमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्ने लगायत पनि राप्रपाले गरेकाे छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update