Paschim Express
राष्ट्रपति रनिङ्ग शिल्डका लागि डडेल्धुराबाट ९ खेलाडी छनोट [सूचीसहित]

डडेल्धुरा । आगामी बैखाख ४ गतेदेखि काठमाडौंमा सञ्चालन हुने १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि डडेल्धुराबाट ९ जना खेलाडी छनोट भएका छन् ।

सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताबाट उनीहरु छनोट भएको जिल्ला खेलकुद समितिले जनाएको छ । ती ९ जनाले सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछन् । 

छनोट भएका खेलाडीहरुलाई बैशाख २ गते बिहान १० बजेभित्र धनगढी रगंशालामा उपस्थित हुन आग्रह गरिएको छ । त्यहिबाट उनीहरुको बिदाई हुनेछ । 

छनोट भएका खेलाडीहरु 
-भलिबल
१ भरत विक
२ सिर्जना दमाई
-तेक्वान्दो
१ झरना नाथ 
-एथ्लेटिक्स 
१ टेकेन्द्र बहादुर चन्द
-कराँते
१ आशा विष्ट
२ विमल खडायत
३ किशन साँकी
-उसु
१ रोशन डाला मगर
२ मञ्जु धामी
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update