Paschim Express
कञ्चनपुरका दीपेन्द्रसिंह ऐरी बने शिलापत्र वर्षखेलाडी २०८०

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी ’शिलापत्र वर्षखेलाडी २०८०’ घोषित भएका छन् ।

गत असोजमा चीनको होन्झाउमा आयोजित एसियन गेम्समा दुर्लभ विश्वकीर्तिमान राखेका २४ वर्षे ऐरीलाई अनलाइन सर्भेक्षणमार्फत ‘वर्षखेलाडी’ चयन गरिएको शिलापत्रले जनाएको छ । अघिल्लो वर्ष क्रिकेटर आशिफ शेख शिलापत्र वर्षखेलाडी २०७९ घोषित भएका थिए ।

नेपाली टोलीका भरपर्दा खेलाडी ऐरीले २०८० सालमा आयोजित एसियन गेम्समा मंगोलियाविरुद्ध अब कसैले तोड्न नसक्ने कीर्तिमान राखेका छन् । उनी कञ्चनपुरको भीमदत्त नगरपालिकाका हुन् । मनोनयनमा परहेका १० खेलाडीमध्ये ऐरीलाई कुल ५३.२ प्रतिशतले मत हालेका शिलापत्रले जनाएको छ ।

‘यस वर्ष शिलापत्र सर्वेक्षणमा उनले पाएको यो सबैभन्दा लोकप्रिय मत हो’, ऐरीलाई वर्षव्यक्ति घोषण गर्दै शिलापत्रले लेखेको छ, ‘अनलाइन सर्वेक्षणमा ७ हजार ७ सय ५२ उत्तरदाता सहभागी भएका थिए ।’

मनोनयनमा फुटबल पुरुषतर्फ अनन्त तामाङ, एथलेटिक्सतर्फ दीपक अधिकारी र सन्तोषी श्रेष्ठ, महिला क्रिकेटमा रुविना क्षेत्री, पारा तेक्वान्दोमा पलेसा गोवर्धन, गल्फमा सुवास तामाङ, भलिवल पुरुषमा मानबहादुर श्रेष्ठ र रवि केसी तथा भलिवल महिलामा सरस्वती चौधरी परेका थिए ।

यीमध्ये दोस्रो भएकी रुविनाले ९.८ प्रतिशत र तेस्रो भएका अनन्तले ७.८ मत प्राप्त गरेका छन् । कतिपय उत्तरदाताले फुटबलर प्रिति राईको नाम पनि सिफारिस गरेका थिए । शिलापत्रले वर्षव्यक्ति २०८० आगामी शुक्रबार घोषणा गर्ने जनाएको छ ।

यो सूचीमा सूचीमा महिला फुटबलर सावित्रा भण्डारी साम्बासहित नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरेका एसएसपीद्वय दानबहादुर कार्की र मनोजकुमार केसी, आफ्नै ४० करोड रुपैयाँ लगानी गरेर रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेका उद्यमी विनोद कुँवर र आर्थिक अभावले थलिएको कृषि औजार कारखाना पुनः सञ्चालन गर्ने उद्देश्यले आफूले लेखेको किताब बेच्न देश दौडाहामा निस्केका वैज्ञानिक महावीर पुन छन् ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update