Paschim Express
विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा

काठमाडौं । केही दिनदेखि बढ्दै गएको नेपालको वायु प्रदूषण बुधबार उच्च बिन्दुमा पुगेकाे छ ।

बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ । पछिल्लो विवरण अनुसार काठमाडौँ  विश्वकै प्रदूषित सहर बनेको हो ।

बुधबार वायु प्रदूषणको गुणस्तरको सूचक २६४ नम्बरका साथ काठमाडौं पहिलो नम्बरमा छ । यो मानवका लागि अत्यन्त अस्वस्थकर वायुको गुणस्तर हो । काठमाडौँपछि अहिले क्रमशः भारतको दिल्ली, बंगलादेशको ढाका प्रदूषित सहरको सूचीमा रहेका छन् ।

प्रदूषणका कारण घाम नलाग्ने, चिसो हुने, नाक पोल्नेजस्ता असर समेत देखिएका छन् । नेपालका अधिकांश वनमा लागेको डढेलोका कारण प्रदूषण बढेको बताइएको छ।

डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update