Paschim Express
सांसद घनश्याम चौधरीलाई निलम्बन गर्न नागरिक उन्मुक्ति अध्यक्षको सिफारिस

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशसभाका सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गर्न सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेकी छिन् ।

अध्यक्ष चौधरीले पार्टीको अन्तरिम विधान ०७८ धारा (१७) क को उपधारा २, ४ र ५ को प्रावधानअनुरुप पार्टीको केन्द्रीय कमिटीको शुक्रबारको निर्णयअनुसार निलम्बन सिफारिस गरिएको उल्लेख गरेकी छिन् ।

यसअघि अध्यक्ष श्रेष्ठकै सिफारिमा सांसद इन्दिरा गिरीलाई सभामुख भण्डारीले पदबाट निष्कासन गरिसकेका छन् ।

ghanashyam-1242024092413-1000x0-1712907452.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update