Paschim Express
कलिलै उमेरमा अस्ताए डडेल्धुराका विनोद

डडेल्धुरा ।  डडेल्धुराका एक युवकको काठमाडौंमा मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–१ मालमका २६ वर्षीय विनोद दियालको हिजो राति मृत्यु भएको हो । 

हाल कैलालीको अत्तरियामा बस्दै आएका उनी केही दिनअघि मात्रै काठमाडौं आएका थिए । ‘राति एक्कासी पेट दुखेको भनेका थिए । अस्पताल जाउ भन्दा नाइँ भने । उनीसँग बस्नेहरुले ग्यास्टिक होला भनेर सलाइन् चढाएर औषधी दिएका रहेछन् । त्यपछि सुतेका उनी उठेनन्’ परिवारका एक सदस्यले भने । 

त्यसपछि अस्पताल पुगाइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । शवको पोष्टमार्टम भइसकेकाले परिवारका सदस्य आएपछि कैलालीको गोदावरीमा उनको अन्तिमसंस्कार गरिने बताइएको छ ।

मृतक विनोदको परिवारले अत्तरियामा महेश्वरी होटल सञ्चालन गरिरहेको छ  । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update