Paschim Express
आज घटाल थानमा विसु जाँत, जहाँ धामीले खान्छन् बालुवा

डडेल्धुरा । डडेल्धुरामा आज(आइतबार) विसु जाँत मनाइँदैछ। डडेल्धुराको अमरगढी नगरपालिका –३ मा अवस्थित घटालथानमा आज विसु जाँत मनाइँदै छ ।

सुदूरपश्चिमै प्रसिद्ध शक्तिपिठका रूपमा रहेको घटालथानमा धामीले बालुवा खाने र घडाबाट पानी खाने गरेको प्रत्यक्ष देख्न सकिन्छ। यहाँ हरेक वर्ष वैशाख २ गते घटालजाँत हुने गरेको छ ।

डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको किंवदन्ती रहेको छ ।

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठुलो पराक्रम प्रदर्शन गरेका थिए । उनले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पुर्‍याएको विभिन्न धर्म ग्रन्थहरूमा उल्लेख छ ।

लडाइ मैदानमा वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको जनविश्वास रहिआएको छ । उनै भीम पुत्र घटोत्कच नै घटाल भएको जनविश्वास गरिँदै आएको छ यस क्षेत्रमा खडेरी भए घटालथानमा बाजा गाजाका साथ हलो लैजाने र पानी पर्ने गरेको स्थानीय बताउछन् ।

लडाइ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको भनाइ छ ।

घटालबाबाको दर्शन गर्नाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । मनोकामना पूरा भएपछि बोकाको बली दिने चलन रहि आएको छ ।

खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update