Paschim Express
सुदूरपश्चिममा रेशम पक्षीय लक्ष्मणकिशाेर मुख्यमन्त्री बन्दै, कांग्रेस, समाजवादी र नाउपाबीच समझदारी

कैलाली । सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी० को समर्थनमा नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्ने भएका छन् । 

प्रदेश प्रमुख नाजिर मियाले दिएको १० दिने समयसीमा आइतबार साँझ ५ बजे सकिनै लाग्दा लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्ने भएका हुन् ।

एकीकृत समाजवादीलाई दिने भनिएको मुख्यमन्त्री पद अन्तिममा उन्मुक्तिको रञ्जिता पक्षलाई दिने सहमति काठमाडौंमा शीर्ष नेताबिच भएपछि समाजवादी कांग्रेस निकट उभिने भएको हो ।

आज बिहानै बालुवाटारमा नयाँ सत्ता गठबन्धनका दलबिच उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमती भएकाे थियाे । जसमा रन्जिता पक्षीय कैलास चाैधरीलाई मुख्यमन्त्री बनाउने सहमति गर्दै नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ धनगढी आउँदैछन् । तर, यता नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको छ ।

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबिच समझदारी बनेको शाहले बताए । यहाँ बहुमत सरकार निर्माणको लागि २६ सिट भए पुग्छ । कांग्रेसको १८, समाजवादीको ४ नाउपा (रेशम) ४ गरी २६ पुग्छ ।

यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update