कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका हुन् ।
प्रदेश प्रमुख मियाले भने नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेको जानकारीसहितको पत्र प्रदेशसभाबाट प्राप्त भएकाले आफूले कानुनी परामर्शपछि मात्र निर्णय लिने जवाफ दिएका छन् ।