Paschim Express
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीको पनि दाबी पेस

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कैलाश चौधरीले दाबी पेस गरेका छन् । केन्द्रीय राजनीतिको पत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरीले आइतवार मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।

बालुवाटरमा आइतवार बिहान बसेको केन्द्रीय नेताहरूको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन औपचारिक सहमति भएको भएको थियो। तर, नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

यता, नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरीले नागरिक उन्मुक्ति पार्टीको विधान दर्ता नभएको लगाएतका कारण देखाउदै मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । कैलाशको पक्षमा माओवादीका ११, एमालेका १० र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । उनले नागरिक उन्मुक्ति पार्टीका सात सदस्यको समेत समर्थन रहेको दाबी गरेका छन् ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update