Paschim Express
बान्ता आउनेलाई अब 'नो' चिन्ता, डडेल्धुरामा थप हुँदैछन् तीन बिजुली माइक्रोबस

डडेल्धुरा । डडेल्धुरामा आफ्नोन सेवा सुरु गरिसकेको बिजुली बस सेवा प्रालिले थप तीनवटा बिजुली माइक्रोबस सञ्चालनमा ल्याउने भएको छ। डडेल्धुरा–धनगढी रुटमा चल्नेगरि केहीदिनमै थप तीन बिजुली बस सेवा सञ्चालनमा ल्याउन लागेको प्रालिका अध्यक्ष विजय भट्टले जानकारी दिए।

यसअघि उक्त प्रालिले असारबाट एउटा बिजुली बस चलाइरहेको थियो। भट्टले पडाडी क्षेत्रमा बान्ता हुने समस्या भएका यात्रुलाई एकदमै सहज र पूर्ण रूपमा बान्तारहित भएकाले सेवाको मौका दिन आग्रह गरेका छन् ।

साथै उनले भीमदत्त राजमार्ग अन्तरगत बुडर झरना(जाेरायल) जाने बाटाेमा चार्जिङ्ग स्टेसनसहित खाना र बासकाे लागि हाेटल डुप्का एन चार्जिङ्ग सेन्टर समेत सञ्चालनमा ल्याउन लागेको बताए।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update