Paschim Express
सुदूरपश्चिम सरकार गठनमा नयाँ मोड, दीर्घ सोडारी होलान् त मुख्यमन्त्री ?

डडेल्धुरा । सुदूरपश्चिमको मुख्यमन्त्री चयनमा नयाँ मोड आएको छ। एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउनका लागि दिएको समर्थन फिर्ता लिएका छ । 

एकीकृत समाजवादी सुदूरपश्चिमका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले आफैँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गर्दै समर्थन फिर्ता लिएका हुन् । ‘समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखलाई बुझाइएको छ । 

सत्ता गठबन्धनभित्र एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति भएको बताइएको छ । मंगलवार धनगढीमा बसेको नेकपा एमाले, माओवादी, नागरिक उन्मुुक्तीको एक पक्षसहितको बैठकले मुख्यमन्त्रीका लागि सोडारीलाई सर्मथन गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नाउपाका कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका थिए । अब एसका नेता सोडारीलाई मुख्यमन्त्री बनाउन कानूनी छिद्रको खोजी भइरहेको छ ।

एमाले, माओवादी केन्द्र, एस र नाउपाको रञ्जिता पक्ष मिलेर सरकार गठनका लागि बहुमत पुगाउने कसरत भइरहेको छ । यसअघि सुदूरपश्चिमको मुख्यमन्त्री पाउनुपर्ने अडान पूरा नहुने देखिएपछि एसले कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउने प्रयासस्वरुप नाउपा रेशम पक्षका लक्ष्मणकिशोरलाई समर्थन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update