Paschim Express
सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध, भएको के हो ?

काठमाडौं ।  सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । कैलालीको लम्कीदेखि बर्दियाको भुरिगाउँको बीचमा फाइबर काटिएका कारण नेपाल टेलिकमको सेवा सुदूरपश्चिमभर अवरुद्ध भएको हो ।

नेपाल टेलिकमको, प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टका अनुसार लम्कीदेखि बर्दियाको भुरिगाउँबीचमा फाइबर काटिएको छ ।  उनले नेपाल टेलिकमको प्राविधिक समूह मर्मतका लागि भुरिगाउँतर्फ गएको बताए ।  प्राविधिकहरूले फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्ने भट्टले बताए ।

सेवा सुचारु हुन लाग्ने समयका विषयमा पनि खुलेको छैन । बुधवार दिउँसोबाट नेपाल टेलिकमका सबै सेवाहरू प्रभावित भएका छन् ।

 
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update