Paschim Express
डडेल्धुरामा पनि मनाइयो नेविसंघको स्थापना दिवस, कारागारमा पुस्तक वितरण

डडेल्धुरा । डडेल्धुरामा पनि नेविसंघको स्थापना दिवस मनाइएको छ । नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति डडेल्धुराले संघकाे ५५औं स्थापना दिवस मनाएको हो । दिवसकाे अवसरमा डडेल्धुराकाे कर्तिपुरस्थित डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक वितरण गरिएकाे छ ।

नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐर, नेविसंघ केन्द्रीय सदस्यहरु भुवन भट्ट, जगत ऐर, डडेल्धुरा क्याम्पसका स्ववियु सभापति दुर्गा भट्ट लगायत नेताहरु डडेल्धुरा कारागारमा पुगेर पुस्तक वितरण गरिएको हो ।

जिल्ला अध्यक्ष ऐरका अनुसार कांग्रेसका इतिहास, संस्थापक नेताहरुका जिवनी र संघर्ष तथा साहित्यसंग सम्वन्धित दुई दर्जन पुस्तक वितरण गरिएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेताहरुले व्यवस्था परिवर्तन र जनताकाे स्वतन्त्रता, सामाजिक न्यायका लागि लामाे कष्टकर जेलजिवन विताएकाे सम्झनामा डडेल्धुरा कारागारमा कैदीबन्दीलाई नेताहरुकाे राजनीतिक जिवनका बारेमा जानकारी हाेस भन्ने हेतुले पुस्तक वितरण गरिएकाे ऐरले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update